सहिदको बलिदानीबाट परिवर्तनका लागि काम गर्ने शौर्य प्राप्त हुन्छ : प्रधानमन्त्री

बिहिबार, १७ माघ, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदहरूको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने शौर्य प्राप्त हुने बताएका छन् ।

राष्ट्रिय सहिद दिवस, २०८१ का अवसरमा बुधबार सिंहदरबार परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले राणा शासनको अन्त्यका लागि र विभिन्न कालखण्डमा लोकतन्त्रका लागि संघर्ष गरेर बलिदान दिएका महान् सहिदहरूले देशका लागि दिएको योगदान महत्वपूर्ण भएको बताए ।

प्रधानमन्त्री ओलीले सहिदहरूकै बलिदान र प्रेरणाबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्ति भएको र यस प्रणालीमा सम्पूर्ण शक्तिको स्रोत सार्वभौम जनता भएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले राजनीतिक प्रणालीमा परिवर्तन भइसकेकाले अब तानासाही शासनसत्ताको बचाउका लागि शान्तिपूर्ण आन्दोलनमा लागेकालाई हत्या गर्ने त्यस प्रकारको शृंखला अन्त्य भएको बताए । 
 

सुझावित समाचार