काेरम नपुगेर पूर्वाधार विकास समिति बैठक स्थगित

बुधबार, १६ माघ, २०८१
डिजिटल संस्करण

प्र

प्रतिनिधिसभाकाे पूर्वाधार विकास समितिकाे बैठक काेरम नपुगेर स्थगित भएकाे छ । जलविद्युत् आयाेजना ठेक्का अनियमिततामा ऊर्जामन्त्री दीपक खड्काविरुद्ध परेका उजुरीमा छलफल गर्न ११:३० बजे बाेलाइएकाे बैठक गणपूरक संख्या नपुगेर स्थगित भएकाे हाे । 

बैठकमा उपस्थित हुन ऊर्जामन्त्री खड्का, राज्यमन्त्री कान्छाराम तामाङ समिति परिसर आएका थिए ।

समिति बैठक बस्न १३ जना उपस्थित हुनुपर्नेमा १० जना मात्रै थिए । कांग्रेसबाट एकजना मात्रै उपस्थित थिए । ठेक्का अनियमिततामा मुछिएका मन्त्री कांग्रेस नेता हुन् । कांग्रेसका सांसद उपस्थित नहुँदा मन्त्रसँग स्पष्टीकरण लिने, निर्देशन दिने गरी आयाेजित बैठक बस्न सकेन ।

सुझावित समाचार