इतिहासमा आज : जनवरी २९

बुधबार, १६ माघ, २०८१
डिजिटल संस्करण

सन् ६६१ : तत्कालीन विश्वको सबैभन्दा ठुलो साम्राज्य रसिदुन क्यालिफेट (खलिफात) यसका शासक (क्यालिफ) अलि इब्न अबि तालिबको हत्यासँगै अन्त्य भयो । त्यसको स्थान ‘उमयद खलिफात’ले लियो । 

सन् १८३४ : अमेरिकी राष्ट्रपति एन्ड्रयु ज्याक्सनले म्यारिल्यान्डमा भएको श्रमिक आन्दोलन दबाउन अमेरिकी इतिहासमा पहिलोपटक संघीय सेना परिचालन गर्ने निर्देशन दिए । 

सन् १८५६ : क्राइमिया युद्ध(१८५४–५६)का क्रममा ब्रिटिस सैनिक तथा नाविकहरूले देखाएको बाहदुरीका लागि सम्मान देखाउन बेलायतले ‘भिक्टोरिया क्रस’ स्थापना ग¥यो । 

सन् १८८६ : जर्मन आविष्कार कार्ल बेन्जले विश्वको पहिलो ‘इन्टरनल कम्बसन इन्जिन’बाट चल्ने वाहनका लागि प्याटेन्ट दर्ता गरे । 

सन् १८९२ : चर्चित पेयपदार्थ उत्पादक कोकाकोला कम्पनी अमेरिकाको जर्जिया राज्यको एट्लान्टा सहरमा स्थापना भयो । 

सन् १९०७ : रिपब्लिकन नेता चाल्र्स कर्टिस अमेरिकाको सिनेटर हुने पहिलो आदिवासी बने । कन्जास राज्यबाट सिनेटर बनेका कर्टिस सन् १९२९–३३ को अवधिमा हर्वट हुभरको शासनमा उपराष्ट्रपतिसम्म बने । 

सन् १९२२ : एक वर्षअघि जुन महिनामा अल–सल्भाडोर, ग्वाटेमाला, होन्डुरस र कोस्टारिकाबिच बनेको दोस्रो मध्यअमेरिकी संघ विघटन भयो ।

सन् १९५९ : लन्डनमा प्रदूषण खतराको स्तरभन्दा धेरै माथि पुगेपछि धेरै मानिसमा छाती र फोक्सोसम्बन्धी समस्या देखियो । 

सन् १९७३ : इन्डोनेसियामा अवस्थित ९औँ शताब्दीमा बनेको विश्वको सबैभन्दा ठुलो बौद्ध मन्दिर बोरोबुदुर पुनर्निर्माण तथा संरक्षणका लागि विश्व सम्पदा सम्मेलन सुरु भयो ।

सन् १९७९ : चिनियाँ नेता देङ सियाओपिङ अमेरिकाको आठदिने भ्रमणका लागि वासिंटन डिसी पुगे । उनी चीनमा कम्युनिस्ट शासन स्थापना भएपछि अमेरिका भ्रमणमा जाने सबैभन्दा शीर्ष चिनियाँ नेता थिए ।

सन् १९८५ : अक्सफोर्ड विश्वविद्यालयको कार्यकारी निकायले प्रधानमन्त्री मार्गरेट थ्याचरलाई दिने निर्णय गरेको सम्मानार्थ डिग्री विश्वविद्यालयको शासकीय सभाले उल्टाइदियो । 

सन् १९९१ : इराकी सेनाले साउदी अरबको सहर खफ्जीमाथि आक्रमण गरेपछि पहिलो खाडी युद्धको सबैभन्दा निर्णायकमध्ये एक संघर्ष सुरु भयो । 

सन् २००२ : अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले संसद्को वार्षिक सम्बोधनका क्रममा इराक, इरान र उत्तर कोरियालाई ‘आतंकवाद प्रायोजन गर्ने राज्य’ ‘एक्सस अफ इभिल’को संज्ञा दिए ।

सुझावित समाचार