नागरिकता र संघीय प्रहरी विधेयक संसदमा

मंगलबार, १५ माघ, २०८१
डिजिटल संस्करण

नागरिकता दोस्रो संशोधन विधेयक र संघीय नेपाल प्रहरी विधेयक गृह मन्त्रालयले संसदमा पठाएको छ । 

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले दुई विधेयक दर्ताका लागि गृह मन्त्रालयबाट मंगलबार आइपुगेको बताए । 

‘दुईवटा विधेयक आएको छ, दर्ताको प्रक्रियामा छ । दर्ता भइसकेको छै,’ उनले भने । 

गृह मन्त्रालयले सशस्त्र प्रहरी विधेयक पनि आजै संसदमा पठाउने तयारी गरे पनि प्राविधिक कारणले ढिलाइ हुँदा बिच दुई दिन बिदा परेकाले अब शुक्रबार मात्रै दर्ताका लागि पेस गर्नेछ ।
 

सुझावित समाचार