नेकपा एमालेमा उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारका काम देखेर अस्थिरताका उद्यमीलाई छटपटी भइरहेको बताए ।
प्रेस चौतारी नेपाल गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा देशको समसामयिक अवस्थाबारे प्रतिक्रिया दिँदै ज्ञवालीले सरकार आज फेरिन्छ वा भोलि ढल्छ भन्दै प्रपोगान्डा मच्याइरहेको बताए ।
उनले देशको निकास र विकासका लागि मुख्य दुई दलबाट सरकार निर्माण भएकाले असन्तुष्टि र असन्तुष्टहरू जम्मा गरेर बंगलादेशको चुनौती दिनु अराजकता भएकाले घिउ थप्दै गए सबैलाई सिध्याउने बताए ।
सिंहदरबारमा थप फोटो झुड्याउन बनेको सरकार नभएकाले शिथिल अर्थतन्त्र चलायमान भएर राजस्व वृद्धि हुनु, निजी लगानीकर्ता उत्साहित हुनु, लामो उल्झनमा परेको संक्रमणकालीन न्यायको बाटो अगाडि बढ्नु, बाह्य सम्बन्धलाई प्रगाढ बनाउन ओली–मोदी भेट, चीन भ्रमण, बिआरआई, सहकारी समस्या समाधानमा भएका काम र विकासका दीर्घकालीन योजनाहरू सरकारका मुख्य उपलब्धि भएको ज्ञवालीले बताए ।
उनले प्रजातन्त्रको पुनर्स्थापनापछि द्वन्द्व, भूकम्प र कोरोना संकटका बिच सरकारले गरेका थुप्रै नवीनतम कामहरू भए पनि देशमा निराशाको खेती गरेर राष्ट्रको भावना कमजाेर बनाउन नहुनेमा जोड दिए ।