जुनिम गहतराज निर्देशित ‘तान्डवम्’को टिजर सार्वजनिक

सोमबार, १४ माघ, २०८१
डिजिटल संस्करण

जुनिम गहतराजको निर्देशनमा निर्माण भएको सिनेमा ‘तान्डवम्’को टिजर सार्वजनिक भएको छ। ५७ सेकेन्ड लामो टिजरले सिनेमाको कथाबारे प्रकाश पार्न खोजेको छ।

अभिनेता अंकित खड्काको संवादबाट सुरु हुने टिजर निर्देशकसमेत रहेका अभिनेता जुनिमको ‘भगवान् पनि मै हुँ, राक्षस पनि मै हुँ’ संवादसँगै अन्त्य गरिएको छ। डार्क थिममा तयार पारिएको टिजरमा सबै प्रमुख पात्रलाई स्थान दिइएको छ।

महाशिवरात्रिको अवसर पारेर फगुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमामा अंकित र जुनिमसँगै पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवाललगायतको अभिनय रहेको छ।

सिंहदेवी प्रोडक्सनले भिजुयल आर्टस् स्टुडियोको सहकार्यमा निर्माण गरेको सिनेमाको निर्माता धनकुमारी गहतराज, सविना मगर र मनीष गौतम हुन्।

हरि घले लामाले खिचेको सिनेमामा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याकग्राउन्ड म्युजिक रहेको छ। सिनेमाको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन्।

सुझावित समाचार