भारतबाट ९० हजार टन गहुँ आयात गर्न कोटा खुल्यो, इच्छुक फर्मलाई आवेदन खुला

गहुँ आयात गर्न इच्छुक नेपाली कम्पनीहरूले न्यूनतम १०० मेट्रिक टनदेखि अधिकतम १० हजार मेट्रिक टनसम्मको परिमाणका लागि आवेदन दिन सक्ने

सोमबार, १४ माघ, २०८१
डिजिटल संस्करण

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतबाट ९० हजार मेट्रिक टनको कोटामा गहुँ आयातका लागि आवेदन खुला गरेको छ।

गहुँ आयात गर्न इच्छुक नेपाली कम्पनीहरूले न्यूनतम १०० मेट्रिक टनदेखि अधिकतम १० हजार मेट्रिक टनसम्मको परिमाणका लागि आवेदन दिन सक्नेछन्।

विभागले सोमबार जारी गरेको सूचनाअनुसार इच्छुक कम्पनीहरूले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन पेस गर्नुपर्नेछ।

सुझावित समाचार