नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको घण्टाघर शाखा प्रदर्शनीमार्गमा स्थानान्तरण

आइतबार, १३ माघ, २०८१
डिजिटल संस्करण

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले घण्टाघर शाखा कार्यालय काठमाडौंको प्रदर्शनीमार्गमा स्थानान्तरण गरेको छ।

बैंकले काठमाडौं महानगरपालिका– २८ घण्टाघरमा रहेको शाखा कार्यालय सोही वडाभित्र प्रदर्शनीमार्गमा माघ १३ गते आइतबारका दिनदेखि स्थानान्तरण गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले शाखाको उद्घाटन गरे। प्रदर्शनीमार्ग शाखाबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू सुरु भएको छ।  

हाल बैंकको २८३ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ६६ वटा शाखारहित बैंकिङ र २६६ वटा एटिएम रहेको छ।
 

सुझावित समाचार