नेपाल निजामती कर्मचारी संगठनको संखुवासभा अध्यक्षमा सुशील पोख्रेल सर्वसम्मत चयन भएका छन् । शनिबार भएको १२औँ जिल्ला अधिवेशनबाट पोख्रेलको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएकाे हो ।
समितिको उपाध्यक्षद्वय धनकुमार राई र रिना राई, सचिव राजेन्द्र कार्की, सहसचिव लोचक अधिकारी, कोषाध्यक्ष पर्शुराम कार्कीसहित १४ जना सदस्यहरू रहेका छन् । जसमा इन्दिरा कार्की, खड्गबहादुर थापा, होमनाथ बराल, अरुणकुमार थापा, हिमादेवी कार्की, गिता गिरी घिमिरे, डिसब कार्की, आयाम काफले, तेन्जिङ नावा भोटे, युवराज शंकर, केशव आचार्य, लोकेन्द्र खत्री र केशव पोख्रेल चयन भएका हुन् ।
त्यसैगरी, केन्द्रीय प्रतिनिधि चेतनाथ पराजुली, व्यन्जना गुरुङ र सुशील खड्का चयन भएका छन् भने प्रदेश प्रतिनिधि कमलमणि थापा र दुर्गाबहादुर थापामगर चयन भएका छन् ।
नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय सदस्य बुद्धिबहादुर घिमिरे कार्यक्रमका प्रमुख अतिथी रहेका थिए भने एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख तथा पूर्वसांसद राजेन्द्र गौतम, एमालेका जिल्ला अध्यक्ष खड्ग राईलगायतका विशिष्ट अतिथिहरूले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए । विधानअनुसार समितिको अवधि तीनवर्षे हुनेछ।