जनतालाई अनुभूति हुने गरी विकास–निर्माणका काममा सरकार क्रियाशील छ : सञ्चारमन्त्री गुरुङ

शनिबार, १२ माघ, २०८१
डिजिटल संस्करण

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतालाई अनुभूत हुने गरी विकास–निर्माणका काममा सरकार क्रियाशील रहेको बताएका छन् । दोर्दी गाउँपालिका–६ कीर्तिपुरबेँसीस्थित भगवान् आधारभूत विद्यालयको आज यहाँ आयोजित स्वर्णजयन्ती समारोहमा देशलाई विकासको पथमा अग्रसर गराउन सरकार लागिपरेको उनले बताए ।

देश विकासका लागि दुई ठुला दलको सरकार बनेकाले आगामी तीन वर्षसम्म वर्तमान सरकार नै कायम रहने उनले बताए । उनले भने, 'वर्तमान सरकारले अर्थतन्त्रको विस्तार, सुशासन कायम, सहकारी व्यवस्थापन, स्वास्थ्य, शिक्षा क्षेत्रको उन्नयनलाई केन्द्रमा राखेर काम गरिरहेको छ ।

सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याउने भनिए पनि गाउँका जनताले त्यो अधिकार उपभोग गर्न नपाएका र उनीहरूले महसुस गर्ने गरी सरकार काममा लागेको बताए ।

सुझावित समाचार