ताप्लेजुङमा जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता माघ २७ देखि हुने

शनिबार, १२ माघ, २०८१
डिजिटल संस्करण

माघ २७ गते देखि मैवाखोला गाउँपालिकामा ताप्लेजुङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिने भएको छ । १५ औं रष्ट्रिय रनिङ शिल प्रतियोगितको आयोजक जिल्ला खेलकुद विकास समितिले गरेको हो । बार्षिकरुपमा यस प्रतियोगिता हुने शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । 

प्रत्येक स्थानिय तहमा पालोपालो हुने गरेको प्रतियोगिता  यसवर्ष मैवाखोला गाउँपालिकामा हुने भएको छ । जिल्ला खेलकुद विकास समिति अध्यक्ष नरेन्द्रकुमार(गणेश)मावोले माघ २७ देखि ३० गते सम्म मैवाखोला गाउँपालिका स्थित नारायणी मावि साँघुको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने जानकारी दिए । उनले ६ बिधाका खेल बताए । 

प्रतियोगितामा ६६ स्वर्ण, ६६ रजत र ७० कास्य गरी कुल २ सय २ पदकका लागि खेल हुने समेत अध्यक्ष माबोले जानकारी दिए । खेलहरुमा भलिबल र कबड्डीतर्फ महिला र पुरुष दुबैमा सेमीफाइनल पुग्ने थप २–२ टोलीलाई समेत कास्य पदक दिइने भएकोले कास्य पदकको संख्या स्वर्ण र रजत भन्दा बढी हुने जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुख यज्ञनिधि पौडेलले जानकारी दिए । 

खेलकुद विकास समितिको कार्यालय प्रमुख पौडेलले भलिबल र कबड्डीतर्फ तर्फ छात्र र छात्रा दुबैमा गरी २–२ स्वर्ण, २–२ रजत र ४–४ कास्य पदकका लागि खेल हुने बताए । यस्तै एथलेटिक्स छात्रछात्रातर्फ २६ स्वर्ण, २६ रजत र २६ कास्य पदकका लागि खेल हुने भएको छ । सितोरियो कराँते र तेक्वादोतर्फ छात्रछात्राका लागि १२–१२ स्वर्ण,१२–१२ रजत र १२–१२ कास्य पदकका लागि खेल हुने छ । उसुतर्फ समेत १२ स्वर्ण, १२ रजत र १२ कास्यका लागि खेल हुने जिल्ला खेलुकद समितिले जनाएको छ ।

जिल्ला खेलकुद विकास समितिले निर्देशिका र मापदण्ड बाहिरका खेलाडीलाई प्रतियोगितामा समावेश नगर्ने प्रष्ट पारेको छ । अध्यक्ष मावोले निर्देशिका र मापदण्ड अनुसारका खेलाडी मात्र प्रतियोगितामा समावेश गराउने भएकोले यसलाई सबै पालिकाले बुझिदिने विश्वास बताए ।  

प्रतियोगिताको संयोजन गरिरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकास वनेमले प्रतियोगितामा बिद्यालय स्तरमा लुकेका खेल प्रतिभाको स्वतन्त्र पहिचान र खेल क्षमता प्रवद्र्धनमा आधारित हुने भएकोले मापदण्ड र निर्देशिका विपरितका खेलाडीलाई प्रतियोगितामा नपठाउन आग्रह गरेको छन् ।
    
 

सुझावित समाचार