ताप्लेजुङमा सुन्तला उत्पादन बढ्यो, साढे ३५ करोडको विक्रि

शनिबार, १२ माघ, २०८१
डिजिटल संस्करण

हिमाली जिल्ला ताप्लेजुङमा सुन्तला उत्पादन बढेको छ । जिल्ला कृषि ज्ञान केन्द्र ताप्लेजुङका निमित्त प्रमुख शशिकुमार सिंहले विगतका वर्ष हरुमा भन्दा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको जानकारी दिए ।

यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको बताउँदै निमित्त प्रमुख सिंहले यस वर्ष खेती विस्तारसँगै सुन्तला उत्पादन बढेको बताए । जिल्लामा ५५६ हेक्टर क्षेत्रफल बराबरको जग्गामा गरिएको सुन्तला खेतीबाट ३ हजार ५४३.७ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा यस वर्ष करिव ३५ करोड ५४ लाख मुल्य बराबरको सुन्तला उत्पादन भएको छ । 

सुन्तला खेतीका लागि यस वर्ष मौसम अनुकूल भएकाले उत्पादन बढेको हो । केन्द्रका अनुसार गत वर्ष तीन हजार ५६ मेट्रिक टन मात्र सुन्तला उत्पादन भएको थियो । जिल्लामा सुन्तला खेती गरिएको जमिनमध्ये ४३४ हेक्टर क्षेत्रफललाई भने उत्पादनशील क्षेत्र भन्दै पकेट क्षेत्र समेत घोषणा गरिएको छ ।

४ लाखसम्म आम्दानी

सुन्तलाबाट केही कृषकहरुले यस वर्ष ४ लाखसम्म आम्दानी गरेको बताएका छन् । फुङलिङ नगरपालिका १ तीनधारेका कृषक किशोर पोख्रेलले यस वर्ष ४ लाख रुपैयाँसम्मको सुन्तला बेचेको बताए । 

यता जिल्लामा सुन्तलाको मूल्य प्रतिकिलो १०० देखि १५० रुपियाँसम्ममा विक्रि गरिएको कृषकहरु बताउँछन् । फुङलिङ नगरपालिका-६ का कृषक प्रेम आचार्यले करिब ३ लाख बढिको सुन्तला विक्रि गरेको बताए ।

उनले बजारको कुनै समस्या नरहेको बताउँदै मधेशका जिल्लाहरु झापा, सुनसरी तथा मोरङका व्यापारीहरु गाडीलिएर आउने र रुखबाट नै प्रति किलो १०० सम्ममा लैजाने गरेका कारण बजारको समस्या नभएको बताए । सुन्तलाबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका कृषकहरु आफ्नो खेति योग्य जमिनमा प्रयाप्त मात्रामा सुन्तला खेति गर्न थालेका छन् ।

 

See More On

सुझावित समाचार