पर्सासहित ६ जिल्लामा नयाँ एसपी खटाइयो

शुक्रबार, ११ माघ, २०८१
डिजिटल संस्करण

प्रहरी प्रधान कार्यालयले १७ एसपीको काज सरुवा गरेको छ । सरुवामा ६ जिल्लाका एसपी फेरिएका छन्। 

पर्सामा गौतम मिश्रलाई पठाइएको छ । उनी दुई महिनाअघि मात्र चितवन गएका थिए। चितवनमा राजन लिम्बूको सरुवा भएको छ। 

त्यस्तै, बारामा सन्तोष तामाङ, इलाममा एकनारायण कोइराला, नुवाकोटमा दुर्गाराज रेग्मी र सिन्धुपाल्चोकमा रामेश्वर कार्कीको सरुवा भएको छ। 

सुझावित समाचार