कांग्रेसले बोलायो संसदीय दलको बैठक

शुक्रबार, ११ माघ, २०८१
डिजिटल संस्करण

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आइतबार दिउँसो २ बजे संघीय संसद् भवनको लोत्से हलमा बैठक बस्नेछ ।

बैठकमा संसदमा दर्ता भएका विधेयकलाई छिटो पारित गर्ने, सांसदमा प्रभावकारी उपस्थिति, समसामयिकलगायतका विषयमा छलफल हुने प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

संसद् बैठक १८ माघमा बस्ने गरी बोलाइएको छ ।
 

सुझावित समाचार