सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो

शुक्रबार, ११ माघ, २०८१
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।

आज सुन प्रतितोला रु. एक हजारले बढेको हो । बिहीबार प्रतितोला रु. एक लाख ५९ हजार ६ सयमा कारोबार भएको सुन आज प्रतितोला रु. एक लाख ६० हजार ६ सयमा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रु. पाँच बढेको छ ।

बिहीबार प्रतितोला रु. एक हजार ८७५ मा खरिद बिक्री भएको चाँदी आज प्रतितोला रु. एक हजार ८८० मा किनबेच हुनेछ । 

सुझावित समाचार