चोभारमा फलफूल बजारको निर्माण ८ वर्षदेखि अलपत्र(भिडियो)

बिहिबार, १० माघ, २०८१
डिजिटल संस्करण

कालीमाटी  र कुलेश्वरस्थित फलफूल बजारलाई स्थानान्तरण गर्ने योजनाअनुसार चोभारमा निर्माण थालिएको संरचना आठ वर्षदेखि अलपत्र छ । 

 १३ महिनामा सक्ने गरी शीतभण्डारसहितको फलफूल र फूलको थोक तथा खुद्रा बजार निर्माणको काम ११ पटकसम्म म्याद थपको सुविधा पाएर पनि सम्पन्न भएको छैन । सरकारले ठेक्का नै तोड्ने निर्णय गरेकोमा अदालतबाट थमौती पाएको ठेकेदारले तीन महिनायता त काम पूर्ण रूपमा रोकेको छ । महादेव खिम्ती निर्माण सेवा, अनक कन्स्ट्रक्सन र बंगलादेशको साम्सोजामोन कन्स्ट्रक्सनले संयुक्त (जेभी) रूपमा ३५ करोडको यो ठेक्का ०७३ असोजमा हात पारेका थिए । महादेव खिम्ती निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको कम्पनी हो । 

भिडियो रिपोर्टः
 

सुझावित समाचार