२३ पालिकाका निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी रद्द

बिहिबार, १० माघ, २०८१
डिजिटल संस्करण

देशभरका स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत रहेका २३ अधिकृतको जिम्मेवारी खोसिएको छ। संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै १० नगरपालिका र १३ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई  जिम्मेवारीबाट हटाएको हो।

मन्त्रालयले ९ माघमा गरेको निर्णयअनुसार पालिकामा निमित्त भएर कामकाज गर्दै आइरहेका अधिकृतहरू आर्थिक र प्रशासनिक जिम्मेवारी रद्द गरेको जनाएको छ। 

पछिल्लो समयमा स्थानीय तहका प्रमुखहरूकै सिफारिसमा पालिकामा कार्यरत विभिन्न शाखाका प्रमुखहरूले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर कामकाज गर्दै आएका थिए।

सुझावित समाचार