काठमाडौं महानगरपालिकाले हाँडीगाउँमा भित्तेचित्र काेरेकाे छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा महानगरले हाँडीगाउँको संस्कृति र सम्पदा झल्कने गरी भित्तेचित्र बनाएको हो।
कलाकारहरू डी.बी भण्डारी, रसिक राज, जीवन तामाङ, सागर निरौला, विक्रम तामाङ, आयुष बज्राचार्य र भरत भण्डारीको टिमले १५ दिन लगाएर १२५० वर्गफिटमा कलाकृति कोरेको हो।
यसअघि माइतीघर र सुन्धारा क्षेत्रमा पनि महानगरले भित्तेचित्र बनाएको थियाे। विभिन्न चरणमा गरी महानगरले सडकलगायत सार्वजनिकस्थलमा भित्तेचित्रहरू बनाइरहेको छ।
हेर्नुस् तस्बिरहरू :2025-01-23-05-11-41.jpeg)
2025-01-23-05-11-35.jpeg)
2025-01-23-05-11-28.jpeg)
2025-01-23-05-11-22.jpeg)
2025-01-23-05-11-08.jpeg)