असनकाे एक पसलमा आगलागी

बिहिबार, १० माघ, २०८१
डिजिटल संस्करण

काठमाडौंको असनस्थित एक पसलकाे गाेदाममा आगलागी भएको छ। विद्युतीय सामग्रीको पसलमा लागेको आगोले सँगै रहेको भाँडापसलसम्म क्षति गरेको काठमाडौं महानगर प्रहरी विष्णु जोशीले जानकारी दिए।

विद्युतको तार सर्ट भएर आगलागी भएको अनुमान गरिएको र क्षतिको पूर्ण विवरण आउन बाँकी छ। झण्डै एक घण्टाअघि लागेको आगो करिब नियन्त्रणमा आएको जोशीले जानकारी दिए।

तस्बिरहरू : संजित परियार/नयाँ पत्रिका

See More On

सुझावित समाचार