एमाले सचिवालय बैठक बस्दै

मंगलबार, ८ माघ, २०८१
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज अपराह्न ४ बजे बस्दै छ । संसद्को हिउँदे अधिवेशन, नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमलाई पार्टी प्रवेश, केन्द्रीय कमिटी बैठकका निर्णयसहित अन्तरपार्टी निर्देशन (अपानि) जारी सम्बन्धमा तथा समसामयिक राजनीतिक विषयवस्तुबारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको अनुकूलतामा च्यासलस्थित एमाले केन्द्रीय कार्यालय वा प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने प्रचार विभाग प्रमुख गौतमले बताए।

See More On

सुझावित समाचार