नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक ६.७८ अंकले बढेर दुई हजार ६०७.९९ को विन्दुमा कायम भएको हो ।
आज ३११ कम्पनीको एक करोड ३६ लाख ७७ हजार ९८३ कित्ता सेयर ७४ हजार ४०३ पटक खरिद–बिक्री हुँदा रु. ६ अर्ब ५७ करोड चार लाख ७७ हजार ८८६ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा बैंकिङ समूह ०.२०, विकास बैंक ०.६०, वित्त ०.५३, जलविद्युत् ०.०२ र लघुवित्त समूह ०.०४ प्रतिशतले घटेको छ । अरू सबै समूहको उपसूचक बढेको छ । होटेल तथा पर्यटन ०.१२, लगानी ०.६०, जीवन बिमा ०.०४, उत्पादन तथा प्रशोधन १.६८, म्युचुअल फन्ड ०.०९, निर्जीवन बिमा ०.२३, व्यापार १.०६ र अन्य समूह २.१३ प्रतिशतले बढेको छ ।
आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सबैभन्दा धेरै ९.०५ प्रतिशतको वृद्धि देखिएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै रिभर फल्स पावर लिमिटेडको रु. २४ करोड एक लाख ८८ हजार ४०४ बराबरको सेयर किनबेच भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै हिमालयन पावर पार्टनर लिमिटेडको तीन लाख ७७ हजार ६४६ कित्ता सेयर कारोबार भएको छ ।