नेपालले स्कटल्यान्डलाई दियो ७४ रनको लक्ष्य

सोमबार, ७ माघ, २०८१
डिजिटल संस्करण

आइसिसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले स्कटल्यान्डलाई ७४ रनको लक्ष्य दिएको छ । मलेसियाको बांगीमा टस जितेर ब्याटिङ गरेको नेपाल १८ ओभर पाँच बलमा ७३ रनमा अलआउट भयो । नेपालकी पूजा महतोले २७ रन बनाइन् । स्कटल्यान्डकी मेसे मसेराले पाँच विकेट लिइन् ।

प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । नेपाल पहिलो खेलमा बंगलादेशसँग पाँच विकेट पराजित भएको थियो ।नेपालले समूह चरणको अन्तिम खेल पर्सि बुधबार अस्ट्रेलियासँग खेल्नेछ । प्रतियोगितामा १६ वटा टोलीलाई चारवटा समूहमा विभाजन गरिएको छ ।

समूह ‘एमा भारत, मलेसिया, श्रीलंका र वेस्टइन्डिज छन् । समूह ‘बी’ मा इंग्ल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका छन् । समूह ‘सी’मा न्युजिल्यान्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका छन् । समूह ‘डी’ मा नेपाल, अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् । हरेक समूहका शीर्ष तीन टोली ‘सुपर सिक्स’मा पुग्नेछन् । १९ वर्षमुनिको महिला टी–२० विश्वकपको फाइनल खेल माघ २० गते हुनेछ ।

सुझावित समाचार