खो खो विश्वकपः नेपालको महिला टिम उपविजेता

आइतबार, ६ माघ, २०८१
डिजिटल संस्करण

नेपालको महिला टिम खो खो विश्वकपमा उपविजेता बनेको छ। 

आइतबार भारतको इन्दिरा गान्धी इन्डोर कोर्टमा भएको खेलमा नेपाल भारतसँग ७८–४० अन्तरले पराजित भएकाे हाे। भारत पहिलो संस्करणमा नै च्याम्पियन बनेको छ। 

यसअघि अपराजित हुँदै फाइनल यात्रा तय गरेको नेपाल फाइनलमा भने घरेलु टोलीसँग पराजित भयो। नेपालले सेमिफाइलनमा युगान्डालाई हराएको थियो। 
केही समयपछि सुरु हुने पुरुषतर्फको फाइनल खेलमा नेपालले भारतसँग नै खेल्दै छ।
 

सुझावित समाचार