कृष्णभूषण बल प्रतिष्ठानबाट चार साहित्यकार सम्मानित

शनिबार, ५ माघ, २०८१
डिजिटल संस्करण

वरिष्ठ कवि कृष्णभूषण बल प्रतिष्ठानले चारजना साहित्यकारलाई सम्मानसहित पुरस्कृत गरेको छ। 

कवि बलको स्मृतिमा स्थापित प्रतिष्ठानले शनिबार विराटनगरमा वरिष्ठ कवि शैलेन्द्र साकार, गीतकार शिवशंकर थापा, कवि एवं गजलकार प्रेम ओझा र कवि शुभलक्ष्मी लम्साललाई सम्मानसहित पुरस्कृत गरेको हो।

कवि साकार र थापालाई जनही २५–२५ हजार, ओझालाई १५ हजार र लम्साललाई ११ हजार राशीसहित विराटनगर महानगरका प्रमुख नागेश  कोइराला, आयोजक संस्थाकी प्रमुख संरक्षक शोभा लामा बल, कार्यबाहक अध्यक्ष केशव आचार्य, महासचिव विवश पोखरेल, साहित्यकार खेम नेपालीलगायतले दोसल्ला ओढाएर नगद र सम्मानपत्र प्रदान गरी स्रटाहरूलाई सम्मान गरेका थिए 

विराटनगरनिवासी स्वर्गीय कवि कृष्णभूषण बल थोरै लेखेर पनि धेरै चर्चा कमाउने एक चेतनशील विद्रोही कवि थिए। कार्यक्रममा वरिष्ठ आख्यानकार कृष्ण धरावासी, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, अग्रज साहित्यकार खेम नेपाली, कवि मुनाराज शेर्मा, गोकुल अधिकारी, निर्मला कोइराला, रमेशचन्द्र अधिकारीलगायतले कृष्णभूषण बलको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए।  
 
 

सुझावित समाचार