खो खो विश्व कप : नेपाली महिला टिम फाइनलमा

शनिबार, ५ माघ, २०८१
डिजिटल संस्करण

नेपाल खो खो विश्व कपको महिलातर्फ फाइनलमा स्थान बनाएको छ। शनिबार भारतकाे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा नेपालले युगान्डाविरुद्ध ८९–१८ ले हराएको हो। 

नेपाल पहिलो सहभागितामै अपराजित रहँदै फाइनल प्रवेश गरेको हो। नेपालले समूह चरणमा भुटान, जर्मनी, श्रीलंका र बंगलादेश तथा क्वार्टरफाइनलमा इरानलाई पराजित गरेको थियो।

नेपालले उपाधिका लागि भारत र दक्षिण अफ्रिकाबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
 

सुझावित समाचार