परराष्ट्रमन्त्री आरजु राणा देउवा आज थाइल्यान्ड जाने भएकी छिन्। व्यक्तिगत भ्रमणको क्रममा उनी थाइल्यान्ड जान लागेकी हुन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दिउँसो १.३० बजे उनी थाइल्यान्ड प्रस्थान गर्ने कार्यक्रम छ। बैंककको एक अस्पतालमा उपचारका लागि उनी त्यसतर्फ जान लागेकी हुन्।