राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौं–तराई/मधेश द्रुतमार्गको अवलोकनमा निस्किएका छन्। नेपाली सेनाको हेलिकोप्टरमार्फत राष्ट्रपतिसहितको टोली शुक्रबार मकवानपुर पुगेको छ। मकवानपुरका साथै राष्ट्रपतिबाट बारामा पनि निरीक्षणको कार्यक्रम छ।
प्रधानसेनापति अशोकराज सिग्देलसहितको टोली अवलोकनमा गएको हो।
नेपाली सेनाको व्यवस्थापनमा फास्टट्रयाक निर्माणको काम भइरहेको छ।