‘फेरि रेसम फिलिली’को पहिलो गीत ‘ग्रिनकार्डैमा’ सार्वजनिक

बिहिबार, ३ माघ, २०८१
डिजिटल संस्करण

फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘फेरि रेसम फिलिली’को पहिलो गीत रिलिज भएको छ। चलचित्रमा समावेश पहिलो गीत ‘ग्रिनकार्डैमा’ सार्वजनिक गरिएको हो।

दीपक शर्माको शब्दरचना तथा संगीत रहेको गीतमा डेविट शंकरको स्वर छ। गीतको भिडियोमा मुख्य कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्टलगायत फिचर्ड छन्।

सिनेमा आर्ट र बि मोसन पिक्चर्सको सहकार्यमा निर्माण हुने चलचित्रका लेखक र निर्देशक निरोज महर्जन हुन्। रौनक विक्रम कँडेल निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता सुरजविक्रम ठकुरी र सहनिर्मातामा एनी थापा छन्।

सिनेमामा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङदेल, रवीन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापालगायतको अभिनय छ।

सुसन प्रजापतिको छायांकन तथा निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ योगीको द्वन्द्व निर्देशन एवं कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ। यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछन्।

सुझावित समाचार