इतिहासमा आज

बिहिबार, ३ माघ, २०८१
डिजिटल संस्करण

सन् १९७९ : इरानी क्रान्तिको दबाबमा राजा मोहम्मद रेजा पह्लवी देश छाडेर इजिप्ट भागेसँगै इरानमा राजतन्त्रको अन्त्य भयो ।

सन् १४९३ : क्रिस्टोफर कोलम्बस अमेरिका पुगेर पुनः उनको यात्राको खर्च तिर्ने स्पेनतर्फको फिर्ती यात्रा सुरु गरे । उनी दुई महिनापछि मात्र गन्तव्य पुगेका थिए ।

सन् १५४७ : रुसलाई मध्यकालीन राज्यबाट शक्तिशाली साम्राज्यमा बदल्ने इभान चतुर्थले १६ वर्षको उमेरमा शासन सम्हाले । (उनी जार पदवी लिने पहिलो रुसी शासक हुन् ।)

सन् १५८१ : इसाईको प्रोटेस्टेन्ट शाखालाई राज्यधर्म घोषणा गरेको इंग्ल्यान्डको संसद्ले क्याथोलिक सम्प्रदायलाई अनेक प्रतिबन्ध लागू गरेको कानुन पास गर्यो । 

सन् १७०७ : स्कटल्यान्ड र इंग्ल्यान्डलाई जोडेर ‘युनाइटेड किङडम अफ ग्रेट ब्रिटेन’ निर्माण गर्ने सम्बन्ध ‘एक्ट अफ युनियन’ विधेयक स्कटिस संसद्बाट अनुमोदित भयो । 

सन् १९१४ : रुसी राजपरिवार (रोमानोभ वंश)को शासनको ३००औँ वार्षिकोत्सवको अवसरमा आठ वर्षदेखि इटलीमा निर्वासित म्याक्सिम गोर्कीले आममाफी पाए । लगत्तै उनी देश फर्किए । 

सन् १९१९ : अमेरिकाभर रक्सी सेवनमा प्रतिबन्ध लगाउनेसम्बन्धी १८औँ संशोधनलाई बहुसंख्यक राज्यले अनुमोदन गरेसँगै संविधानमा लिपिबद्ध भयो ।  

सन् १९२० : राष्ट्रसंघ परिषद्को पहिलो बैठक फ्रान्सको पेरिसमा बस्यो । 

सन् १९४५ : बर्लिनमाथि मित्रसेनाको बमबारी तीव्र बनेपछि हिटलर बंकरमा सरे । उनले त्यहीँ अप्रिल ३० मा आत्महत्या गरेका थिए । 

सन् १९९१ : कुवेत कब्जा गरी बसेको इराकी सेनालाई फिर्ता हुन दिइएको समय नाघेपछि अमेरिका नेतृत्वको गठबन्धनले इराकविरुद्ध विशाल सैन्य अभियान ‘अप्रेसन डिजर्ट स्ट्रोम’को घोषणा गर्यो । 

सन् २००१ : कंगोका राष्ट्रपति लरेन्ट डिजायर कबिला उनका अंगरक्षकबाट मारिए । 

सन् २००३ : चर्चित स्पेपसटल कोलम्बियाले उसको अन्तिम उडान भर्यो । 

सन् २००५ : अवकाश प्राप्त रोमानियाली प्राध्यापक एड्रियाना इलिएस्सुले ६६ वर्षको उमेरमा बच्चा जन्माएर हालसम्मकै सबैभन्दा वृद्धि उमेरमा बच्चा जन्माउने महिलाको रेकर्ड राखिन् । 

सन् २००६ : एलेन जोनसन–सरलिफले अफ्रिका महादेशको पहिलो निर्वाचित महिला राष्ट्रपतिको रूपमा लाइबेरियाको राष्ट्रपति पदमा शपथ लिइन् । 
 

सुझावित समाचार