आशिका तामाङ पक्राउ

बुधबार, २ माघ, २०८१
डिजिटल संस्करण
आशिका तामाङ पक्राउ

तस्बिर : आशिका तामाङको फेसबुक पेजबाट

अभद्र व्यवहार गरेको आरोपमा आशिका तामाङ काठमाडौंबाट पक्राउ परेकी छिन्। पशुपति क्षेत्र विकास कोषको जाहेरीको आधारमा प्रहरी वृत्त गौशालाले तामाङलाई पक्राउ गरेको हो।

पुस २६ गते कोषको जाहेरीपछि प्रहरीले तामाङमाथि अनुसन्धानका लागि २८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाको टोलीले तामाङलाई स्वयम्भू क्षेत्रबाट आज बुधबार पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी वृत्त गौशालाले जनाएको छ।

सुझावित समाचार