प्रतिबन्धित लागुऔषध बिक्री गरिरहेको अवस्थामा पक्राउ

मंगलबार, १ माघ, २०८१
डिजिटल संस्करण

घरमै प्रतिबन्धित लागुऔषध बिक्री गरिरहेको अवस्थामा प्रहरीले सिराहाको लहान नगरपालिका–१, पानीट्यांकीबाट लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय र प्रहरी चौकी लहानबाट खटिएको संयुक्त टोलीले स्थानीय करिब ४५ वर्षीय दयाराम ठाकुरलाई लागुऔषधसहित पक्राउ गरी थप अनुसन्धानका लागि सिराहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएको सिराहा प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार घरमै भेटिएका ठाकुरले बोकेको कालो रङको प्लास्टिकको झोलामा लागुऔषध र कोठामा प्रयोग गरिएको सुई, प्रयोग भइसकेको एक सय एमएलको विक्सडिन तीन बोतल भेटिएको छ।

त्यसबाहेक उनले बोकेको झोलामा ३०-३० एम्पुल डाइजिपाम, प्रोमेथाइजन हाइड्रोक्लोराइड, बुप्रेनर्फिन इन्जेक्सन र एक सय एमएलको १४ बोतल कफ लिंकट्स बरामद भएपछि तत्काल पक्राउ गरी इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको छ। 
 

सुझावित समाचार