कृत्रिम हातखुट्टा तथा सहायक सामग्री संघको अध्यक्षमा पराजुली

आइतबार, २८ पुष, २०८१
डिजिटल संस्करण

कृत्रिम हातखुट्टा तथा सहायक सामग्री संघको अध्यक्षमा प्रल्हादप्रसाद पराजुली निर्वाचित भएका छन्। संघको तेस्रो वार्षिक साधारणसभाले पराजुलीको नेतृत्वमा नौसदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ। 

संघको उपध्याक्षमा पुष्परत्न बज्रचार्य, सचिवमा सुदन बडालका साथै कोषाध्यक्षमा प्रमोद खड्का चयन भएका छन्। त्यसैगरी, सदस्यहरूमा शोभा बज्रचार्य, रोशन थापा, विकास दाकोटी, अञ्जना केसी तथा हरिराम केसी चयन भएका हुन्। 

नवनिर्वाचित अध्यक्ष पराजुलीले कृत्रिम हातखुट्टा तथा सहायक सामग्री व्यवसायीहरूको हक, हित एवं सहायक उपकरण प्रयोगकर्ताको पहुँच सर्वसुलभ रूपमा हुने बताए।

सुझावित समाचार