नेप्से परिसूचक २५ अंकले घट्यो

आइतबार, २८ पुष, २०८१
डिजिटल संस्करण

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक २५.४१ अंकले घटेर दुई हजार ६०९.६७ विन्दुमा कायम भएको हो ।

आज ३०१ कम्पनीको ८० लाख ८१ हजार ६३१ कित्ता सेयर ४६ हजार ६१४ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु. तीन अर्ब ९९ करोड ७९ लाख नौ हजार ३२३ मा खुम्चिएको छ । सबै समूहको उपसूचक घटेको छ । 

सबैभन्दा बढी वित्त समूह ३.६० र विकास बैंक समूह १.६० प्रतिशतले घटेको छ । बैंकिङ ०.८६, होटेल तथा पर्यटन ०.७७, जलविद्युत् १.४४, लगानी ०.३९ र जीवन बिमा समूह ०.१२ प्रतिशतले घटेको छ । 

उत्पादन तथा प्रशोधन १.३६, लघुवित्त ०.८७, म्युचुअल फन्ड ०.४२, निर्जीवन बिमा ०.७३, व्यापार ०.१० र अन्य समूह ०.६० प्रतिशतले घटेको छ । आजको कारोबारमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने न्यादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु. २० करोड ४१ लाख ५३ हजार आठ सय ७२ को कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा बढी सिँगटी हाइड्रोइनर्जी लिमिटेडको ६ लाख ३६ हजार ८०४ कित्ता सेयर किनबेच भएको छ ।

सुझावित समाचार