सुनको भाउ एकैदिन १६ सयले बढ्यो

आइतबार, २८ पुष, २०८१
डिजिटल संस्करण

नेपाली बजारमा आज (आइतबार) सुनको भाउ ह्वातै बढेको छ । आज सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५५ हजार सात सय रुपैयाँमा किनबेच भइरहेको छ ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ५४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो ।

सुझावित समाचार