जिल्ला अदालत, काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरु भएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान सुरु भएको हो।
बयानपछि आजै थुनछेक बहसको तयारी छ। एकैदिनमा थुनछेक सकाउने गरी लामिछाने बिहान साढे नौ बजे नै अदालत उपस्थित भएका थिए।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलनको आरोप लामिछानेमाथि छ। यसअघि कास्कीमा लामिछानेविरुद्धको मूल मुद्दामा अदालतले धरौटीमा छाड्ने आदेश दिएको थियो।