कोशी प्रदेश सभाको हिउँदे अधिवेशन ७ माघदेखि

आइतबार, २८ पुष, २०८१
डिजिटल संस्करण

कोशी प्रदेश सभाको  हिउँदे अधिवेशन ७ माघदेखि सुरु हुने भएको छ। आइतबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन ७ माघमा आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो।

कोशी सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले  मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशनको बैठक ७ माघ दिउँसो २ बजे बस्ने गरी आह्वान भएको जानकारी दिए।

गत जेठ ११ देखि सुरु भएको प्रदेश सभाको पाँचौँ अधिवेशन राजनीतिक कारणले ८ असारदेखि अनिश्चितकालका लागि स्थगित भएर १८  भदौदेखि पुनः सुरु भएको थियो। उक्त बैठक ४ असोजदेखि अन्त्य भएको थियो।

सुझावित समाचार