राष्ट्रिय कर्मचारी संगठन सिटिइभिटी केन्द्रीय समितिमा नयाँ नेतृत्व

शनिबार, २७ पुष, २०८१
डिजिटल संस्करण

नेपाल राष्ट्रिय कर्मचारी संगठनको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) केन्द्रीय समितिमा नयाँ नेतृत्व निर्वाचित भएको छ । शनिबार सानोठिमीमा सम्पन्न चौथो केन्द्रीय महाधिवेशनबाट रामकृष्ण पराजुलीको नेतृत्वमा ३३ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नेत्रबहादुर खत्री निर्वाचित हुँदा  उपाध्यक्ष (महिला)मा सुनिता गौतम र अन्य दुई उपाध्यक्षमा प्रदिप श्रेष्ठ र त्रिचन्द्र खराल निर्वाचित भएका निर्वाचन समितिका सदस्य प्रकाश अवालेले बताए ।

कार्यसमितिको महासचिवमा खिमबहादुर परियार निर्वाचित भएका छन् भने सचिवहरू पवन दाहाल, शरद कुमार शर्मा र नारायण अधिकारी रहेका छन् । कार्यसमितिको कोषाध्यक्षमा प्रकाश पोखरेल निर्वाचित भएका अवालेले बताए ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद मातहतका कार्यालय र शिक्षालयमा रहेका संगठनबाट करिब १ सय ९० महाधिवेशन प्रतिनिधि छनौट भई आएका निवर्तमान अध्यक्ष तेजबहादुर खत्रीले जनाएका छन् । महाधिवेशनले अध्यक्ष, सचिव र कोषाध्यक्षका प्रतिवेदन पारित गर्नुका साथै विविध महत्वपूर्ण नीतिगत निर्णय समेत गरेको उनले बताएका छन् ।

सुझावित समाचार