अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि पाँच रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुन आज एक लाख ५४ हजार एक सयमा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ८४५ कायम भएको छ ।