६५ हजार घुससहित दुईजना पक्राउ

बुधबार, २४ पुष, २०८१
डिजिटल संस्करण

विद्यालयका लेखापाल र व्यवस्थापन समितिका सदस्य ६५ हजार घुससहित रंगेहात पक्राउ परेका छन्। 

नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका, वडा नं. ५ स्थित राजनारायण माध्यमिक विद्यालय सहायक (लेखापाल) सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्रप्रसाद कहारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो। 

भवन निर्माण सम्पन्नपश्चात् अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग उनीहरूले ६५ हजार घुस लिएका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले लेखापालको कार्यकक्षबाट पक्राउ गरेको हो। 
 

सुझावित समाचार