निर्यात प्रवर्द्धन गर्न सरकारले ठोस कदम चाल्नुपर्छ : अध्यक्ष ढकाल

मंगलबार, २३ पुष, २०८१
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासका लागि सरकारले आयात प्रतिस्थापन तथा निर्यातप्रवर्द्धनका लागि ठोस कदम चाल्नुपर्ने बताएका छन् । 

नेपाल निर्यात परिषद्को २७औँ वार्षिक साधारणसभा तथा नवौँ निर्यात दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको आर्थिक विकासका लागि यी दुई विषयमा गम्भीर भएर लाग्नुपर्ने बताएका हुन् । 

‘सरकारले आयात प्रतिस्थापन र निर्यातप्रवर्द्धन गर्ने नीतिअनुरूप काम गर्नुपर्छ । आयात प्रतिस्थापनका लागि घरेलु उद्योग प्रतिष्ठानलाई कसरी बलियो बनाउन सकिन्छ, त्यसतर्फ ध्यान दिनुपर्यो,’ उनले भने । 

सुझावित समाचार