पत्रकार श्यामसुन्दर पुडासैनीको निधन

शनिबार, २० पुष, २०८१
डिजिटल संस्करण

पत्रकार श्यामसुन्दर पुडासैनीको अल्पायुमै निधन भएको छ । शुक्रबार राति  काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स अस्पतालमा उनको निधन भएको हो ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ९ निवासी ३३ वर्षीय पुडासैनी नेपाल भ्यूजका उपसम्पादक थिए। उनी प्रेस चौतारी नेपालको एसोसिएट प्रदेशका उपाध्यक्ष समेत थिए । 

उनले यसअघि माउन्टेन टेलिभिजन, आज तक, हिमालयन टाइम्स डेली, प्राइम टेलिभिजन र रेडियो अन्नपूर्णलगायतका सञ्चार माध्यमामा काम गरिसकेका थिए । 

सुझावित समाचार