पुनर्निर्माण भयो केशरमहल, तर पुस्तकालय अझै टहरामै(भिडियो)

बिहिबार, १८ पुष, २०८१
डिजिटल संस्करण

०७२ को महाभूकम्पले क्षतिग्रस्त बनेको केशरमहलको मुख्य भाग प्रबलीकरण (रेट्रोफिटिङ) कार्य सम्पन्न भएको छ। तर, यहाँको केशर पुस्तकालय भने अझै सारिएको छैन । इतिहास बोकेको केशर पुस्तकालय करिब नौ वर्षदेखि टहरामा छ । साँघुरो टहरामा पुस्तकालय राख्नुपर्दा पुस्तकहरू छरपस्ट छन्, पुस्तकालय आउने पाठकलाई बसेर पढ्ने ठाउँसमेत नहुँदा त्यत्तिकै फर्किने गरेका छन् ।

पुस्तकालयका प्रमुख यादवचन्द्र निरौलाले भवन प्रबलीकरण भए पनि ठेकेदार कम्पनीले हस्तान्तरण नगर्दा पुस्तकालय सार्न ढिलाइ भइरहेको बताए। उनका अनुसार ठेकेदार कम्पनीले फिनिसिङ तथा डेकोरेसनको काम बाँकी रहेको भन्दै हस्तान्तरण गर्न आलटाल गरेको छ। ‘यो भवन बनिसकेको छ, तर ठेकेदारले हस्तान्तरण गरेको छैन, चैतसम्म हस्तान्तरण गर्ने कुरा छ,’ उनले भने, ‘पुरानै ठाउँमा सारेपछि मात्रै पुस्तकालय व्यवस्थित हुन्छ।’

भिडियो रिपोर्टः
 

See More On

सुझावित समाचार