प्रधानमन्त्री केपी ओली र श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघेबिच आज भेटवार्ता भएको छ । प्रधानमन्त्रीनिवास, बालुवाटारमा भएको भेटमा दुई देशबिचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो । भेटका अवसरमा प्रतिनिधिसभाका सदस्य एवं वरिष्ठ उद्योगपति विनोद चौधरीसमेत सहभागी थिए।
विक्रमासिंघे प्रधानमन्त्री ओलीका एक पुराना मित्र हुन् । यही पुस १३ गते निजी भ्रमणमा नेपाल आएका श्रीलंकाका पूर्वप्रधानमन्त्रीसमेत रहेका विक्रमासिंघे आज स्वदेश फर्कँदै छन् ।