मनहरीमा गैँडाको आक्रमणबाट ७० वर्षीया वृद्धा घाइते

बुधबार, १७ पुष, २०८१
डिजिटल संस्करण

मकवानपुरको मनहरीमा गैँडाको आक्रमणबाट एकजना वृद्धा घाइते भएकी छिन् । घाइते हुनेमा चितवनको राप्ती नगरपालिका– १ दुबीचौरकी अन्दाजी ७० वर्षीया दिलमाया स्याङ्तान रहेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार मनहरी गाउँपालिका– ६ स्थित लोथर खोलानजिक रहेको लामेदमार मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न र गोबर टिप्न आएकी स्याङ्तानलाई गैँडाले आक्रमण गरेको हो ।

गैँडाको आक्रमणबाट स्याङ्तानको हात, शरीर र निधारमा चोट लागेको र अवस्था मध्यम रहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । उनलाई उपचारका लागि चितवन पठाइएको प्रवक्ता अर्यालले बताए ।

यसअघि मनहरी– ५ वसन्तपुरमा १४ गते बाघको आक्रमणबाट ७२ वर्षीया कान्छीमाया रुम्बाको ज्यान गएको थियो भने स्थानीय सूर्यबहादुर मोक्तानको खोरमा रहेका सातवटा बाख्रा मरेका थिए ।

सुझावित समाचार