ब्राड पिट र एन्जोलिना जोलीको दुई वर्षको विवाहसम्बन्ध, सम्बन्धविच्छेद गर्न आठ वर्ष

बुधबार, १६ पुष, २०८१
डिजिटल संस्करण

हलिउडको स्टार जोडी ब्राड पिट र एन्जाेलिना जोलीको सम्बन्धविच्छेदसम्बन्धी मुद्दा अन्ततः टुंगिएको छ। उनीहरूबिच आठ वर्ष लामो कानुनी लडाइँ चल्यो। 

सन् २०१४ मा विवाहबन्धनमा बाँधिएका उनीहरूको सम्बन्ध दुई वर्ष मात्र चल्यो । तर, सम्बन्धविच्छेदको मुद्दा टुंगिन भने आठ वर्ष लाग्यो । 

सामान्यतया सेलिब्रेटीहरू छिटो सम्बन्धविच्छेद गरेर छुट्टिन चाहन्छन्। तर, आफ्ना सन्तानलाई ब्राड पिटले दुर्व्यवहार गरेकोदेखि संयुक्त रूपमा खरिद गरिएका सम्पत्तिको विषय जटिल बनेपछि मुद्दा फैसला हुन लामो समय लागेको हो। 

सुझावित समाचार