भारतबाट अवैध रूपमा तस्करी गरेर ल्याएको चाँदीका गहनासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
मोरङ प्रहरीले विराटनगर बसपार्क क्षेत्रबाट मंगलबार दिउँसो राजविराज नगरपालिका–२ घर भई हाल मोरङको कटहरी–२ बस्दै आएका ४० वर्षीय सञ्जय स्वर्णकारलाई एक लाख २८ हजारबराबरको चाँदीका विभिन्न गहनासहित पक्राउ गरेको जनाएको छ।
स्वर्णकारले चाँदीको गहना ०१–०२–०४८प ७६६८ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याउँदै थिए। स्वर्णकारलाई गहनासहित अनुसन्धानका लागि भन्सार कार्यालय रानीमा बुझाएको प्रहरीले जनाएको छ।
विराटनगरका केही व्यवसायीले भारतमा बनेका चाँदीका गरगहना अवैध रूपमा ल्याएर बिक्री गर्ने गरेका छन्।