हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

मंगलबार, १६ पुष, २०८१
डिजिटल संस्करण

मोरङको सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट एकजना वृद्धाको मृत्यु भएको छ । सोमबार दाउरा लिन जंगल गएकी सुन्दरहरैँचा नगरपालिका– ५ गुरुङ टोलकी ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । 

सोमबार दिउँसो दाउरा खोज्न जंगल गएकी वृद्धा चन्द्रकुमारी राति अबेरसम्म घर नफर्किएपछि स्थानीयले मंगलबार बिहान प्रहरीको सहयोगमा जंगलमा खोजी गरेका थिए । खोजी गर्ने क्रममा वृद्धा जंगलभित्र मृत अवस्थामा फेला परेकी थिइन् । 

वृद्धालाई हात्तीले किचेर मारेको प्रारम्भिक अनुसन्धानबाट प्रस्ट भएको र उनको शव परीक्षणका लागि अस्पताल पठाइएको मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । 

सुझावित समाचार