पोखरामा खुदो मेला

मंगलबार, १६ पुष, २०८१
डिजिटल संस्करण

उखु उत्पादनको आकर्षणलाई दृष्टिगत गर्दै पोखरा महानगरपालिकाले विगत तीन वर्षयता वडा नं ३२ को मालेपाटन ढोडबेँसी क्षेत्रलाई उखु पकेट क्षेत्र घोषणा गरी उत्पादनलाई प्रोत्साहन गरिरहेको छ ।

महानगरपालिकाले उखु पकेट क्षेत्रका रूपमा यस क्षेत्रमा विभिन्न किसिमका प्रोत्साहन सहयोग गरिरहेको आर्थिक महानगरको विकास महाशाखा प्रमुख मनोहर कँडरियाले बताए । यस क्षेत्रमा उखुखेतीको आकर्षण एवं सम्भावनालाई दृष्टिगत गरी तीन वर्षयता उखु पकेट क्षेत्र घोषणा गरिएको उनले बताए ।

मालेपाटन ढोडबेँसीको खुदो उत्पादनको इतिहासलाई जगेर्ना गर्दै कृषकलाई थप उत्प्रेरित गर्न महानगरका कृषि विकास शाखा एवं व्यवसाय प्रवद्र्धन केन्द्रले खुदो मेला आयोजना गरिएको उनले बताए ।  

सुझावित समाचार