भारत र अस्ट्रेलियाबिचको चौथो टेस्ट खेलमा भारत पराजित भएको छ। पाँच खेलको सिरिजको चौथो खेलमा अस्ट्रेलिया १८४ रनले विजयी भएको हो।
मेलबर्नमा भएको खेलमा ३४० रनको लक्ष्य पाएको भारत १५५ रनमै अलआउट भएको हो। खेल बराबरीतर्फ अघि बढेकोमा पाँचौँ दिनको अन्तिम सेसनमा भारतले नाटकीय रूपमा आठ विकेट गुमाएपछि अस्ट्रेलिया विजयी भयो। यससँगै सिरिज अस्ट्रेलिया २–१ ले अग्रता लिएको छ। सिरिजको अन्तिम तथा पाँचौँ खेल ३ जनवरीदेखि सिड्नीमा सुरु हुनेछ।
यो हारसँगै टेस्ट च्याम्पियनसिपको फाइनल खेल्ने भारतको सम्भावना पनि कमजोर बनेको छ। दक्षिण अफ्रिकाले फाइनलमा स्थान पक्का गरिसकेको छ । अंक–तालिकाको दोस्रो स्थानमा अस्ट्रेलिया र तेस्रो स्थानमा भारत छ।