दक्षिण अफ्रिका टेस्ट च्याम्पियनसिपको फाइनलमा

आइतबार, १४ पुष, २०८१
डिजिटल संस्करण

टेष्ट क्रिकेटको विश्वकप मानिने टेष्ट च्याम्पियनशिपको फाइनलमा दक्षिण अफ्रिकाले आफ्नो स्थान पक्का गरेको छ। आइतबार पाकिस्तानविरुद्धको टेष्टमा जित हात पारेसँगै दक्षिण अफ्रिकाले टेष्ट च्यापियनशीप फाइनल खेल्ने पक्का गरेको हो। 

टेष्टको पाँचौ दिन १० औं विकेटका लागि मार्काे जोनसन र कासिगो रबडाले ५१ रनको साझेदारी गर्दै दक्षिण अफ्रिकालाई पहिलोपटक टेष्ट च्यापियनसिपको फाइनलमा पुयाएका हुन्।एक सय ४८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ९९ रनमा ८ विकेट गुमाएर धरासायी बनेको थियो। त्यसपछि जोनसन र रबडाको उत्कृष्ट ब्याटीङमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई २ विकेटले हराएको हो। 

टेष्ट च्याम्पियनशिपको फाइनल खेल्ने अर्काे टोली अझै तय भएको छैन। 

हालको अंक तालिकाअनुसार अष्ट्रेलिया र भारतबिच तिव्र प्रतिस्पर्धा छ। अंकतालिकामा अष्ट्रेलिया दोस्रो र भारत तेस्रो स्थानमा छ। भारत र अष्ट्रेलियाबिच टेष्ट सिरिज जारी छ। 

२०२३ देखि २०२५ सम्म सञ्चालन हुने विभिन्न टेष्ट खेलमा उत्कृष्ट प्रदर्शन गर्ने दुई टिम अंकतालिकाका आधारमा फाइनलमा पुग्नेछन्। 

सन् २०२५ को जुनमा बेलायतको लड्स क्रिकेट मैदानमा टेष्ट च्याम्पियनशिपको फाइनल खेल हुनेछ। 

सुझावित समाचार